स्टाइलिश, स्मार्ट र सस्तो : नयाँ अवतारमा टिभीएस ‘स्ट्राइकर १२५’, कति पर्छ मूल्य ? « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

स्टाइलिश, स्मार्ट र सस्तो : नयाँ अवतारमा टिभीएस ‘स्ट्राइकर १२५’, कति पर्छ मूल्य ?



काठमाडौं । टिभीएसको सबैभन्दा प्रतिक्षित बाइक ‘स्ट्राइकर १२५’ अब नयाँ अवतारमा नेपाली बजारमा प्रवेश गरेको छ ।

स्टाइल र सुविधाको नयाँ संयोजनसहित यो बाइक काठमाडौंको भृकुटीमण्डमा आयोजित ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ मार्फत सार्वजनिक गरिएको हो ।

टिभीएस ब्रान्डको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ स्ट्राइकर १२५ बजारमा ल्याएको छ ।

बाइकमा गरिएका विविध अपग्रेडहरूले यसलाई प्रतिस्पर्धी सेग्मेन्टमा झनै बलियो बनाएको छ । कम्पनीका अनुसार ‘स्ट्राइकर १२५’ अब केवल बाइक होइन, यो युवा पुस्ताको स्टाइल स्टेटमेन्ट पनि बन्ने दावी छ ।

यो बाइकमा सुरक्षित र सजिलो स्टार्टका लागि ‘स्मार्ट लक की’ रहेको छ । यात्राको बीच मोबाइल चार्ज गर्न अब कुनै झन्झट छैन, त्यसका लागि यूएसबी चार्जिङ पोर्ट पनि समावेश छ ।

बाइकमा नयाँ रेसिङ लाइनिङ छ, जसले स्पोर्टी लुक र स्टाइलको नयाँ परिभाषा दिएको छ । असहज बाटोमा पनि सहज सवारी अनुभव गराउन ड्युल स्प्रिङ सस्पेन्सन, आधुनिक युग अनुसारको डिजिटल इन्फोर्मेशन डिस्प्ले ‘डिजिटल स्पिडोमिटर’ छ ।

यस्तै, सुरक्षित ब्रेकिङका लागि भरपर्दो प्रणाली ‘रोटर पटल डिस्क ब्रेक’ र एलईडी टेल लाइट जस्ता यसको विशेषताहरु छन् ।
यसको नवीन ट्याङ्क डिजाइनले बाइकलाई अझ आकर्षक, एर्गोनोमिक अर्थात् शारीरिक बनावट अनुकूल र आरामदायक बनाएको छ । यो डिजाइनले यात्राको क्रममा राम्रो ग्रिप र नियन्त्रण पनि दिन्छ ।

नयाँ स्ट्राइकर १२५ को मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तो मूल्यमा उपलब्ध अत्याधुनिक फिचरहरूको यो संयोजनले बाइकप्रेमीहरूलाई अवश्य पनि लोभ्याउने कम्पनीको दावी छ । यो बाइकले स्टाइल र सुविधा दुबैको सन्तुलन प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।

स्टाइल, सुविधा र सस्तो मूल्यको सन्तुलन खोज्नेहरूका लागि टिभीएस स्ट्राइकर १२५ एक उत्कृष्ट विकल्प बन्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्