ईभीमा कर नबढ्ने « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

ईभीमा कर नबढ्ने



काठमाडौं । सरकारले विद्युतीय सवारीसाधन (ईभी) मा लाग्ने भन्सार तथा अन्य करहरू यथावत राख्ने निर्णय गरेको छ ।

बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि संसदमा बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिए ।
इभीमा हाल कायम कर संरचना परिवर्तन नहुने स्पष्ट अर्थमन्त्री पौडेलले स्पष्ट पारे ।

उनले भने,‘विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गरी वातावरण प्रदुषण न्यूनीकरण गर्न र विद्युतको आन्तरिक खपत बढाउन त्यस्ता सवारी साधनमा लगाइएको सबै प्रकारका कर तथा महसुल यथावत राखेको छु।


प्रतिक्रिया दिनुहोस्