ईभी उद्योगमा १ प्रतिशत भन्सार : ५ वर्ष कर छुट, पुराना गाडी हटाउन आयकर माफी « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

ईभी उद्योगमा १ प्रतिशत भन्सार : ५ वर्ष कर छुट, पुराना गाडी हटाउन आयकर माफी



काठमाडौं । सरकारले विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ मेसिनको उत्पादन तथा एसेम्बलिङका लागि स्थापना हुने उद्योगहरूलाई विशेष कर छुटको व्यवस्था गरेको छ ।

अबदेखि यस्ता उपकरणहरूको आयातमा केवल १ प्रतिशत भन्सार शुल्क लाग्नेछ भने अन्य सबै प्रकारका कर र महसुलहरू माफ गरिनेछ ।

बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । उनका अनुसार यस्ता उद्योगलाई प्रारम्भिक पाँच वर्षसम्म विभिन्न करहरूमा छुट हुने भएको हो । यसले स्वदेशी उद्योग प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

त्यस्तै, सञ्चालनमा नरहेका वा २० वर्षभन्दा पुराना सार्वजनिक तथा निजी सवारीसाधन हटाउने कार्यलाई प्रोत्साहन गर्न सरकारले नयाँ व्यवस्था अघि सारेको छ ।

यस्ता सवारी हटाउने व्यक्तिहरूले पछिल्ला दुई वर्षको आयकर तिरेको प्रमाण पेश गरेमा बाँकी वर्षहरूको कर माफ गरिनेछ । यसले पुराना सवारी फिर्ता गरेर वातावरणमैत्री सवारी प्रयोग गर्न सहयोग पु¥याउने विश्वास लिइएको छ ।


प्रतिक्रिया दिनुहोस्