आकर्षक फिचरको सहित बजाजको नयाँ डोमिनार २५० सार्वजनिक, मूल्य कति ? « Arthapath.com
२० असार २०८२, शुक्रबार

आकर्षक फिचरको सहित बजाजको नयाँ डोमिनार २५० सार्वजनिक, मूल्य कति ?



काठमाडौं । बजाज अटोले भारतमा डोमिनार २५० को नयाँ २०२५ भर्सन सार्वजनिक गरेको छ ।

नयाँ इन्जिनसहित विभिन्न प्राविधिक सुधार गरिएको यो बाइकको मूल्य १ लाख ९१ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) तोकिएको छ । जुन, अघिल्लो मोडलभन्दा ५ हजार १५८ बढी हो ।

नयाँ डोमिनार २५० मा ओबीडी टूबी इन्जिन, ट्रयाक्सन कन्ट्रोल, चार मोडको डुअल च्यानल एबीएस, नयाँ एलसीडी कन्सोल, स्मार्ट कनेक्टिभिटी, कल-एसएमएस अलर्ट र टर्न बाई टर्न नेभिगेसन जस्ता आधुनिक फिचरहरू थपिएका छन् ।

२४८.७७ सीसी क्षमताको इन्जिनले २७ पीएस पावर र २३.५ एनएम टर्क दिने यो बाइकमा ६ स्पीड गियरबक्स छ । चेसिस भने पुरानै राखिएको छ । तर, एलईडी लाइट, यूएसबी चार्जिङ पोर्ट, अलोय ह्वील, ट्युबलेस टायर र प्रिमियम सस्पेन्सनको सुविधा यथावत छ ।

बजाजले यसलाई स्ट्रीट फाइटर क्रुजर सेग्मेन्टमा लक्षित गर्दै बजारमा ल्याएको हो ।


प्रतिक्रिया दिनुहोस्