बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको पावरहाउसमा « Arthapath.com
२४ असार २०८२, मंगलबार

बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको पावरहाउसमा



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले पोखरा महानगरपालिका वडा नं. ३०, पावरहाउस चोक स्थित पावरहाउस शाखाको आज (वैशाख १६ गते) एक समारोहका बिच शुभारम्भ गरेको हो ।

उक्त शाखाको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय तथा बैंकका संचालक मोहना लोहनीले संयुक्त रुपमा औपचारिक समुद्घाटन गरेका हुन । उक्त औपचारिक कार्यक्रममा बैंकका संचालक मोहना लोहनीले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी गराए । साथै, गण्डकी प्रदेशमा थप शाखा कार्यालयहरु पनि चाँडै संचालनमा ल्याउने योजना बैंकको लोहनीले बताए ।

उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले बैंक अफ काठमाण्डू लिमिटेडलाई पावरहाउस क्षेत्रमा स्वागत गर्नुको साथै स्थानिय उद्योग ब्यावसाय क्षेत्र तथा स्थानिय सर्वसाधारणहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास लेखनाथ उद्योग वाणिज्य संघले लिएको बताए ।

अगामी दिनहरुमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरु संचालन गर्ने योजना बैंकको रहेको छ ।


प्रतिक्रिया दिनुहोस्