कुमारी बैंकको ५ लाख ८१ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला
काठमाडौं । कुमारी बैंकले ५ लाख ८१ हजार २५१ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले आज अर्थात् जेठ २९ गतेदेखि सो बराबरको संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो।
लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आवेदन दिँदा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बिक्री प्रबन्धक कुमारी क्यापिटल नागपोखरी, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । आवेदन असार ४ गतेसम्म सकिनेछ ।