लाभांश सम्वन्धी सिद्धार्थ बैंक आफ्ना सेयरधनीलाई जारी गर्यो यस्तो सूचना

काठमाडौं । सिद्धार्थ बैंकले पाँच वर्ष पुरानो लाभांश लिनका लागि अनुरोध गरेको छ ।
वार्षिक साधारण सभाले निर्णय गरेको मितिले पाँच वर्षको अवधि समाप्त भएपछि पनि सेयरधनीहरुले लाभांश रकम नलिएको बैंकले जनाएको छ ।
विभिन्न आर्थिक वर्षमा वितरण गर्ने निर्णय भएको नगद लाभांश हालसम्म पनि नलिएका सेयरधनीहरुले वा हकवालाहरुले आवश्यक प्रमण कागजातसहित बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा एक महिना भित्र सम्पर्क राख्नुपर्ने छ ।
कम्पनी ऐन, २०६३ को दफा १८३ बमोजिम पाँच वर्षसम्म पनि नलिएको लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ।