प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई राष्ट्रिय वाणिज्य बैंकको दुई करोड सहयोग
काठमाडौं । राष्ट्रिय वाणिज्य बैँकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ हस्तान्तरण गरेको छ
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो बैंकको सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले आज सो रकमको चेक हस्तान्तरण गरेका छन् ।
चेक ग्रहण गर्दै प्रधानमन्त्री ओलीले बैंकलाई धन्यवाद दिए । बाढी, पहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत मिल्ने ओलीले बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तारदायित्वअन्तर्गत उक्त सहयोग गरिएको अवगत जनाए । मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा एक अर्ब जम्मा गर्ने निर्णय गरेको थियो ।