राष्ट्रिय वाणिज्य बैंकको कल सेन्टर २४सैं घण्टा सञ्चालन
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा स्थित रहेको कल सेन्टर अब २४ सैं घण्टा सञ्चालन हुने भएको छ ।
बैंकको सेवाका बारेमा टेलिफोन नम्बर ०१–५९७००१८ कल गरेर २४ सैं घण्टा जानकारी लिन सकिनेछ।
बैंकको सेवाका बारेमा जानकारी लिन चाहनेहरुलाई थप सहज भई बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाहमा थप सुधार आउने अपेक्षा गरिएको छ ।