नेपाल बैंकको कर्जा योजना: ७.७०% ब्याजदरमै आवास कर्जा, अटो र व्यवसाय कर्जाको ब्याजदर पनि घटायो « Arthapath.com
१६ आश्विन २०८१, बुधबार

नेपाल बैंकको कर्जा योजना: ७.७०% ब्याजदरमै आवास कर्जा, अटो र व्यवसाय कर्जाको ब्याजदर पनि घटायो



काठमाडौं । नेपाल बैंकले विभिन्न कर्जा योजना ल्याएको छ । बैंकले बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ बजारमा आवास कर्जा तथा सवारी कर्जा योजना ल्याएको हो ।

बैंकले सर्वाधिक न्युन ब्याजदर ७.७० मा सर्वसुलभ आवास कर्जा ल्याएको छ । सर्वसुलभ आवास कर्जा अन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत, सम्भार, जिर्णोद्वार तथा अन्य र्बैकको कर्जा खरिद र अपार्टमेन्ट समेत खरिद गर्न सक्नेछन् ।

बैंकले ५ वर्षदेखि २५ वर्षसम्मको भुक्तानी अवधि तोकि सेवा शुल्कमा अधिकतम ३३.३३ प्रतिशतसम्म छुट प्रदान गरी ५ लाखदेखि अधिकतम २ करोडसम्म कर्जा उपलब्ध गराउने भएको छ ।

यसका अतिरितm बैंकल समृद्ध व्यवसाय कर्जा र अटो लोन लगायत विभिन्न कर्जाको ब्याजदर समेत उल्लेख्य घटाएको छ । कर्जा सिमा १० करोड रुपैयाँसम्म रहेको समृद्ध व्यवसाय कर्जाको ब्याजदर ८.२८ प्रतिशत रहेको छ । व्यवसायिक ग्राहकहरुले चालुपूँजी तथा स्थिरपूँजी व्यवस्थापनको लागि यो कर्जा उपभोग गर्न सक्नेछन् ।

त्यसैगरी नयाँ गाडी खरिदको लागि ५ र ७ वर्ष भुक्तानी अवधि राखि बैंकले प्रवाह गर्ने अटो कर्जाको व्याजदर हाल ७.७८ प्रतिशत रहेको छ ।

नेपाल बैंक हाल नेपालभर २२९ शाखा, ६० एक्स्टेन्सन काउण्टर र २०५ एटिएम काउण्टरबाट सेवा सञ्चालन गरिरहेको । बैंकले आफ्नो ऐतिहासिक विरासतलाई कायम राख्दै अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्न बैंक सधैं कटिबद्ध रहेको छ ।


प्रतिक्रिया दिनुहोस्