एनएमबि बैंकलाई ‘युएन वुमन डब्लुईपीएस’ अवार्ड « Arthapath.com
२० मंसिर २०८१, बिहीबार

एनएमबि बैंकलाई ‘युएन वुमन डब्लुईपीएस’ अवार्ड



काठमाडौं । एनएमबि बैंकलाई २०२४ को युएन वुमन एसिया–प्यासिफिक डब्लुईपीएसले लैंगिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई सम्मान गर्दै विशेष अवार्ड प्रदान गरेको छ ।

यो सम्मान लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्दन गर्ने एनएमबि बैंकको पहलहरूको सम्मान स्वरुप प्राप्त गरेको अवार्ड हो ।

युएन वुमन र यूएन ग्लोबल कम्प्याक्टले कार्यस्थल र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैंगिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरेको छ ।

एनएमबि बैंकले ती विश्वव्यापी मापदण्डहरु कार्यान्वयन गर्नका लागि बैंकको तर्फबाट सक्दो प्रयास गर्दै आएको जनाएको छ । यस अवार्डले एनएमबि बैंकलाई विश्व बजारमा डब्लुईपीएस अन्तर्गतको यूएन उमनद्वारा मान्यता प्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको बैंकले जनाएको छ ।

एसिया–प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरू मध्यबाट यो विशेष अवार्ड बैंकलाई प्रदान गरेको जनाइएको छ । बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्