सेयरधनीलाई ३५% सम्म लाभांश बाँडेको एनएमबि बैंक: २१ वर्षे लाभांश इतिहासमा कुन वर्ष कति बाँड्यो ? « Arthapath.com
२३ मंसिर २०८१, आईतवार

सेयरधनीलाई ३५% सम्म लाभांश बाँडेको एनएमबि बैंक: २१ वर्षे लाभांश इतिहासमा कुन वर्ष कति बाँड्यो ?



काठमाडौं । एनएमबि बैंकले लगातर दुई वर्ष आफ्ना सेयरधनीको हात रित्तो बनाएको छ । अघिल्लो आर्थिक वर्षदेखि बैंकले कुनै पनि लाभांश वितरण गरेको छैन् ।

गत शुक्रबार अर्थात् मंसिर २१ गते बसेको बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०-८१ को मुनाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो । अघिल्लो आव २०७९-८० को नाफाबाट पनि बैंक लाभांश वितरण गरेको थिएनन् ।

२१ वर्षको लाभांश इतिहासमा बैंकका सेयरधनी चार पटक निराश बनेका छन् । तर, अन्य वर्षहरुमा भने बैंकले निरन्तर लाभांश बाँडेको थियो ।

आव २०६०-६१ यताका वर्षहरुमध्ये आव २०६५-६६, आव २०६८-६९ मा पनि लाभांश वितरण गरेको थिएनन् । तर, त्यसबाहेकका वर्षमा भने दोहोरो अंकको दरमा लाभांश वितरण गरेको देखिन्छ । आव २०६०–६१ मा बैंकले ३० प्रतिशत नगद लाभांश मात्रै बाँडेको थियो ।

यस्तै, आव २०६१-६२ मा ३१.५८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । आव २०७५–७६ मा ३५ प्रतिशत लाभांश बाँडेको थियो । यो नै २१ वर्षको लाभांश इतिहासमा सबै भन्दा धेरै हो ।

बैंकले आव २०६२–६३ मा २४.२९ प्रतिशत (बोनस) , आव २०६३–६४ मा ३० प्रतिशत (नगद मात्र), आव २०६४–६५ मा भने १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद, आव २०६६–६७ मा १०.५३ प्रतिशत नगद र १० प्रतिशत बोनस गरि २०.५३ प्रशिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, आव २०६७–६८ मा ९ प्रतिशत, आव २०६९–७० मा १० प्रतिशत, आव २०७०–७१ मा २१.०५ प्रतिशत, आव २०७१–७२ मा ८.४२ प्रतिशत, आव २०७२–७३ मा २० प्रतिशत, आव २०७३–७४ मा १५.७९ प्रतिशत, आव २०७४–७५ मा ३० प्रतिशत, आव २०७५–७६ मा ३५ प्रतिशत, आव २०७६–७७ १६.२ प्रतिशत, आव २०७७–७८ मा १५.८ प्रतिशत र २०७८–७९ मा भने ८.२५ प्रतिशत लाभांश दिएको थियो ।

२१ वर्षको लाभांश इतिहासमा कुन वर्ष कति बाँड्यो त एनएमबि बैंकले लाभांश ?


प्रतिक्रिया दिनुहोस्