नेपाल एसबिआई बैंक र रेडिसन होटेलबीच सम्झौता « Arthapath.com
१ पुष २०८१, सोमबार

नेपाल एसबिआई बैंक र रेडिसन होटेलबीच सम्झौता



काठमाडौं । नेपाल एसबिआई बैंक र रेडिसन होटेल काठमाडौँ बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थमा १५५ सम्म छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत, दीपक कूमार देको उपस्थितिमा बैंकका प्रमुख संचालन अधिकृत, विकास आनन्द र रेडिसन होटेल काठमाडौँका निर्देशक (खाध्य तथा पेय पदार्थ), केदार पाण्डेले आदानप्रदान गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंक तथा होटेलका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्