लाभांश पारित गर्न सिद्धार्थ बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
७ पुष २०८१, आईतवार

लाभांश पारित गर्न सिद्धार्थ बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ ।

बैंककले आउँदो पुस २८ गते २३औं वार्षिक साधारण सभा बोलाएको हो । सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा छ ।
बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सोही प्रस्ताव सभाबाट पारित हुनेछ ।

सभामा एसबिएल ८.२५ प्रतिशत अग्राधिकार सेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृतीपश्चात जारी गर्ने प्रस्ताव पनि पारित हुनेछ ।

यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिाई अख्तियारी दिने विशेष प्रस्तावहरु पनि पारित हुनेछन् ।

सभाले संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन पनि गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्