नेपाल एसबिआई बैंकको लुम्बिनी प्रदेश कार्यालय स्थानान्तरण « Arthapath.com
९ पुष २०८१, मंगलवार

नेपाल एसबिआई बैंकको लुम्बिनी प्रदेश कार्यालय स्थानान्तरण



काठमाडौं । नेपाल एसबिआई बैंकले लुम्बिनी प्रदेश कार्यालय स्थानान्तरण गरेको छ ।

बैंकले आफ्नो सुर्खेत रोड, नेपालगञ्ज उपमहानगरपालिका–०२, नेपालगञ्ज, बाँकेमा अवस्थित लुम्बिनि प्रदेश कार्यालय सिद्धार्थनगर नगरपालिका–०८ भैरहवा, रुपन्देहीमा स्थानान्तरण गरेको हो ।

बैंकले नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको छ । उक्त प्रदेश कार्यालयको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत ९नियुक्त० राम कुमार तिवारीे, प्रमूख संचालन अधिकृत विकास आनन्द, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थिति थियो ।

हाल बैंकले १०० शाखा, २२ वटा एक्सेन्शन काउन्टर, १९ शाखा रहित बैंकिङ्ग, ७ वटै प्रादेशिक कार्यालय, एक कर्पोरेट कार्यालय, १२२ वटा एटीएमबाट आफ्ना आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्