हिमालयन बैंकको नयाँ बानेश्वर शाखा स्थानान्तरण, आजदेखि कोटेश्वर शाखाबाट बैंकिङ्ग सेवा
काठमाडौं । हिमालयन बैंक लिमिटेडले कोटेश्वर शाखा संचालनमा ल्याएको छ । सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरेको हो ।
सोही अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वर, काठमाडौंबाट आज अर्थात् पुस १४ गते आइतबारदेखिदेखि कोटेश्वर शाखा नामबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरी संचालनमा ल्याएको छ ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा उक्त शाखाको शुभारम्भ गरेका छन् ।
हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८२ एटीएम, ८,००० भन्दा बढी पिओएस टर्मिनल र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।