ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षारोपण गर्ने घोषणा « Arthapath.com
२३ पुष २०८१, मंगलवार

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षारोपण गर्ने घोषणा



काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार बृक्षारोपण गर्ने घोषणा गरेको छ । ग्लोबल आइएमई बैंक पौष १८ गते विहीबारदेखि आफ्नो स्थापनाको १८ वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको छ ।

बैंकले चालु आर्थिक वर्षमा देशका विभिन्न स्थानमा स्थानीय संघ/संस्थासँगको सहकार्यमा १८ हजार बृक्षारोपण गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकको वार्षिकोत्सवको अवसरमा अनामनगरस्थित बैंकको कार्यालय परिसरमा विभिन्न बिरुवा रोपण गरी उक्त अभियानको शुभारम्भ गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बृक्षारोपण कार्यक्रम चालु आर्थिक वर्षभर संचालन गरिने र अनुकूल समयमा १८ हजार बिरुवाहरु रोपण गर्ने जानकारी दिए ।

कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायत उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको छ ।

बैंकको ३५५ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्