एनएमबि बैंकको २९औं बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । एनएमबि बैंकका २९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारणसभा आज त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा सम्पन्न भएको हो ।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्षमनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा बैंकका सेयरधनीहरुले आ–आफ्नो विचार समेत व्यक्त गरे ।
बैंकको २०८१ आषाढ सम्ममा खुद नाफा रु.२ अर्ब २४ करोड, निक्षेप रु.२२७.१० अर्ब र कर्जा रु.२०४.६१ अर्ब रहेको छ । बैंकले हाल देशभरी २०१ शखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।