नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले डाक्यो साधारण सभा « Arthapath.com
२२ माघ २०८१, मंगलवार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले डाक्यो साधारण सभा



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ ।

बैंकले आफ्नो ३८औं वार्षिक साधारण सभा आगामी फागुन १५ गते काठमाडौंको प्रदर्शनी मार्गमा हुने भएको हो ।

सभामा गत आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।

यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात र नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने एजेन्डा छ । सभामा चालु आव २०८१–८२ को लेखापरीक्षण गर्न लेखापरीक्षण नियुक्त गर्नेछ ।

सोही सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले माघ २९ गतेदेखि साधारण सभासम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्