गेटा आँखा अस्पताललाई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहयोग « Arthapath.com
५ फाल्गुन २०८१, सोमबार

गेटा आँखा अस्पताललाई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहयोग



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको गेटा आँखा अस्पताललाई १५ सेट तीन–सीटर क्षमताको स्टिल कुर्सीहरु प्रदान गरेको छ ।

यसले बिरामी र उनीहरुको परिवारहरुका लागि थप आराम सुनिश्चित गर्दै अस्पतालको सिट सुविधा बढाउनेछ ।

गेटा आँखा अस्पताल सुदुरपश्चिम प्रदेशकै एक प्रमुख स्वास्थ्य सेवा प्रदायक हो, यसको प्रधान कार्यालय कैलाली जिल्लामा रहेको छ भने सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा रहेका शाखा कार्यालयबाट वार्षिक हजारौं बिरामीहरूलाई आवश्यक आँखा उपचार सेवाहरू प्रदान गर्दै आईरहेको छ ।

राम्रो पूर्वाधारको आवश्यकतालाई स्वीकार गर्दै, बैंकले सामुदायिक कल्याणको लागि आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै अस्पताललाई सहयोग गरेको हो ।

नयाँ सिट व्यवस्थाले बिरामी र उनीहरूका परिवारलाई ठूलो फाइदा हुने अस्पताल व्यवस्थापनले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्