सिटिजन्स बैंकको नयाँ शाखा ललितपुरको हरिसिद्धीमा « Arthapath.com
११ फाल्गुन २०८१, आईतवार

सिटिजन्स बैंकको नयाँ शाखा ललितपुरको हरिसिद्धीमा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुरको हरिसिद्धीमा आफ्नो १९९औं शाखा सञ्चालनमा ल्याएको छ । यससँगै, काठमाडौं उपत्यकाभित्र ४० वटा र बाग्मति प्रदेशमा ५६ वटा शाखाहरु सञ्चालनमा रहेको बैंकले जानकारी गराएको छ । हरिसिद्धीमा आइतबार आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखाको सुरुवात गरेका हुन् ।

अध्यक्ष पाण्डेले नयाँ शाखाबाट हरिसिद्धी वरपरका ग्राहकहरु माझ सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्ने बताएका छन् । उक्त शाखामार्पmत सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा मझौला व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । नयाँ शाखा सञ्चालनको अवसरमा उक्त शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवाहरु पहिलो वर्ष निःशुुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

साथै, डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था र लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको बैंकले जानकारी गराएको छ । सिटिजन्स बैंकले ६० जिल्लामा आफ्ना १९९ वटा शाखा, १६४ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाईहरुबाट १८ लाख ५० हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्