नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको अध्यक्ष पदमा पृथ्वी बहादुर पाँडे चयन भएका छन् ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको मंगलबार बसेको संचालक समितिको ६१७ औं बैठकको निर्णयले पृथ्वी बहादुर पाँडेज्यूलाई सर्वसम्मत रुपमा संचालक समितिको अध्यक्ष पदमा चयन गरेको हो ।
फाल्गुन १५ गते सम्पन्न बैंकको ३८ औं वार्षिक साधारणसभापश्चात भएको निर्वाचनमा संस्थापक समुह तर्फबाट पृथ्वी बहादुर पाँडेसहित प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य र दिपंकर शाक्य उदय निर्विरोध निर्वाचित भएका थिए । सर्वसाधारण सेयरधनी समुहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचनमा कवि कुमार टिबरेवाला र शालिक राम बेल्बासे निर्वाचित भएका थिए ।