एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे « Arthapath.com
२५ फाल्गुन २०८१, आईतवार

एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे



काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे नियुक्त भएका छन् ।

शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले घिमिरेलाई आगामी वैशाख १० गतेदेखि लागु हुनेगरी आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

हाल घिमिरे सोही बैंकको नायब प्रमुख कार्यकारी अधिकृत रहँदै आएका छन् ।

हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको कार्यकाल यही फागुन मसान्तमा सकिँदैछ । केसीकाे कार्यकाल ९ वैशाख २०८२ सम्म लम्ब्याइएको छ । त्यसपछि घिमिरेले प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी सम्हाल्नेछन् ।

बैंकले हालका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्