नेपाल एसबिआई बैंकका ग्राहकलाई द रुबस होटेलमा छुट « Arthapath.com
२९ फाल्गुन २०८१, बिहीबार

नेपाल एसबिआई बैंकका ग्राहकलाई द रुबस होटेलमा छुट



काठमाडौं । नेपाल एसबिआई बैंक र द रुबस होटेल धनगढी, कैलाली बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थ र आवास सुविधामा १० % सम्म छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्र बैंकका सुदुरपश्चिम प्रदेश प्रमुख,सन्तोष कुमार भण्डारी र द रुबस होटेलका प्रबन्ध निर्देशक, प्रकाश भट्टले आदानप्रदान गरेका थिए । सो कार्यक्रममा बैंक तथा होटेलका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट क्र्याालय सञ्चालनमा छन् ।


प्रतिक्रिया दिनुहोस्