प्रतिकित्ता १६० रुपैयाँमा २ लाख ६६ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी रुकमणी प्रधानको नाममा रहेको २ लाख ६६ हजार ९९९.६६ कित्ता संस्थापक शेयर आजदेखि बिक्री खुला गरेको हो ।
उक्त शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् । उक्त शेयरको मूल्य प्रतिकित्ता १६० रुपैयाँ तोकिएको छ ।
बैंकको उक्त शेयर खरीद गर्न इच्छुक कम्पनीका हाल कायम रहेका संस्थापकहरुले आजैका मितिले ३५ दिनभित्र निवेदन पेश गर्नुपर्नेछ । निवेदन बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन पेश गर्नुपर्नेछ ।
शेयर खदिका लागि तोकिएको उक्त म्यादभित्र संस्थापक सेयरधनीहरुले आवेदन नदिएको खण्डमा प्रचलित कानुन बमोजिम अन्य बिक्री प्रक्रिया अघि बढाईने बैंकले जनाएको छ ।