ग्लोबल आइएमई बैंकको शेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै केही संस्थापक शेयरधनीको संस्थापक शेयर बिक्रीमा राखिएको जनाकारी दिएको हो ।
बैंकको उक्त संस्थापक शेयरमा संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने बैंकले जनाएको छ । इच्छुक संस्थापकले वैशाख ४ गतेदेखि ३५ दिनभित्र खरिदका लागि निवेदन दिनुपर्ने छ । यसका लागि ग्लोबल आइएमई बैंकको काठमाण्डौको कमलादीस्थित रजिस्ट्रर्ड कार्यालयमा निवेदन दिनुपर्नेछ ।
उक्त अवधिभित्र कुनै पनि संस्थापकबाट आवेदन नपरेको खण्डमा उक्त संस्थापक शेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुलाइने बैंकले जनाएको छ ।
तर बैंकले कसको नामममा रहेको अथात् कुन संस्थापक शेयरधनीको कति कित्ता हो भनेर विवरण खुलाएको छैन् ।