सिटिजन्स बैंकको १८ हजार ८४३ कित्ता शेयर बिक्रीमा « Arthapath.com
४ असार २०८२, बुधबार

सिटिजन्स बैंकको १८ हजार ८४३ कित्ता शेयर बिक्रीमा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १८ हजार ८४३ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

शेयरको मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन दिन सकिने छ ।

बैंक संस्थापक शेयरधनी कृष्ण प्रसाद घिमिरेले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरि सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथ काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्