यस्तो छ भोलिदेखि लागू हुनेगरि नेपाल बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर

काठमाडौं । असोज महिनका लागि नेपाल बैंकले नयाँ ब्याजदर प्रकाशित गरेको छ ।
बैंकले भोलि अर्थात असोज १ गतेदेखि लागू हुनेगरि विभन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशत ब्याज दिनेछ भने अधिकतम १०.१३ प्रतिशतसम्म ब्याज दिनेछ ।
यस्तै, बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.१३ प्रतिशतदेखि अधिकतम १३.१३ प्रतिशतसम्म र रेमिटान्स मुद्धती निक्षेपमा १३.१३ प्रतिशतसम्म ब्याज दिने भएको हो ।
