निलम्बित सहायक प्रबन्धक न्यौपानेलाई विभागीय कारबाही गर्दै नेपाल बैंक, दियो १५ दिने अल्टिमेटम « Arthapath.com
१२ आश्विन २०७९, बुधबार

निलम्बित सहायक प्रबन्धक न्यौपानेलाई विभागीय कारबाही गर्दै नेपाल बैंक, दियो १५ दिने अल्टिमेटम



काठमाडौं । नेपाल बैंकले गुलरिया शाखाका निलम्बित प्रबन्धक धवेन्द्र न्यौपानेलाई सम्पर्कमा आई स्पष्टीकरण पेश गर्न १५ दिने अल्टिमेटम दिएको छ ।

बैंकको रकम हिनामिना गरि सम्पर्क विहीन भएका न्यौपानेलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ । बैंकमा खाता रहेका विभिन्न व्यक्तिको नामबाट रकम निकालेर श्रीमतीको नाममा बाहिर लगेको करिब ५० लाख रकमबारे सूचना बाहिर आएपछि उनी सम्पर्कविहीन भएका थिए ।

विभिन्न ग्राहकले जम्मा गरेको ५० लाख रुपैयाँ कनेक्ट आइपीएसबाट अपचलन गरेको आधार मानेर केन्द्रीय कार्यालयले उनलाई निलम्बन गरेको हो ।

बैंकको प्रधान कार्यालय मावनस्रोत व्यवस्थापन विभागले गत भदौ १५ गते उनको श्रमति हारा रेग्मीलाई १५ दिने स्पष्टीकरण पत्र बुझाउन पत्र काटेको थियो ।

तर, स्पष्टीकरण पत्रको कुने पनि जवाफ र सम्पर्कमा नआएकाले बैंकको कर्मचारी सेवा विनियमावली २०७९ को विनियम १३७ को उपविनियम (३) को व्यवस्था बमोजिम फेरि १५ दिने स्पष्टीकरण पेश गर्न भनेको छ ।

आजका मितिले १५ दिनभित्र स्पष्टीकरण पेश नगरे बैंकले विभागीय कारबाही प्रक्रिया अगाडि बनाउने बैंकले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्