कुमारी बैंकको ३ लाख ३४ हजार कित्ता सेयर बिक्रीमा « Arthapath.com
२३ असार २०८२, सोमबार

कुमारी बैंकको ३ लाख ३४ हजार कित्ता सेयर बिक्रीमा



काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३ लाख ३४ हजार ९०६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकका संस्थापक सेयरधनी मनिला कुमारी अग्रवालले आफ्नो नाममा रहेको उक्त सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (माघ ११ गते) ले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्