एनएमबी बैंकका ग्राहकलाई धनगढीको निसर्ग हस्पिटलमा विशेष छुट « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

एनएमबी बैंकका ग्राहकलाई धनगढीको निसर्ग हस्पिटलमा विशेष छुट



काठमाडौं । एनएमबी बैंक र निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ। ‘स्मार्ट नारी’ बचत खाताका ग्राहकलाई लक्षित गरी स्वास्थ्य उपचारमा छुट दिने उद्देश्यले बैंकले निसर्ग हस्पिटलबीच समझदारी गरेको हो ।

बैंक र हस्पिटलबीच भएको सम्झौताअनुसार अस्पतालबाट उपलब्ध गराईने विभिन्न प्रकारका चिकित्सकीय सेवाहरुमा विशेष छुट तथा सहुलियत उपलब्ध गराउने गरी सम्झौता भएको हो।

सो अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर महिला ग्राहकहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परिक्षण तथा शल्यक्रियामा छुट उपलब्ध गराउने छ।


प्रतिक्रिया दिनुहोस्