प्रभु बैंकको ५ लाख कित्ता सेयर सेयर बिक्रीमा, प्रतिकित्ता कति ? « Arthapath.com
२० असार २०८२, शुक्रबार

प्रभु बैंकको ५ लाख कित्ता सेयर सेयर बिक्रीमा, प्रतिकित्ता कति ?



काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ५ लाख ७ हजार ९३७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीका संस्थापक सेयरधनी सञ्जय कुमार मोरको नाममा रहेको ३८ हजार २८३ कित्ता शेयर प्रतिकित्ता १५० रुपैयाँमा, श्रवण कुमार अग्रवालको नाममा रहेको ५९ हजार ७५९ कित्ता शेयर प्रतिकित्ता १२५ रुपैयाँमा, राजेश कुमार अग्रवालको नाममा रहेको ५९ हजार ७५९ कित्ता शेयर प्रतिकित्ता १२५ रुपैयाँमा, भोज कुमार सिटौलाको नाममा रहेको ३३ हजार १८ कित्ता शेयर प्रतिकित्ता १५० रुपैयाँमा विक्री खुला गरेको हो ।

साथै, कम्पनीले सुचित्र मान शाक्यको नाममा रहेको ३० हजार ६५० कित्ता सेयर प्रतिकित्ता १५० रुपैयाँमा, कृष्ण प्रसाद आचार्यको नाममा रहेको ८६ हजार ४६८ कित्ता सेयर प्रतिकित्ता १५० रुपैयाँमा र बिनिता अधिकारीको नाममा रहेको २ लाख कित्ता शेयर प्रतिकित्ता १२५ रुपैयाँमा विक्री खुला गरेको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्