सनराइज बैंकको ३ लाख कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ? « Arthapath.com
१८ असार २०८२, बुधबार

सनराइज बैंकको ३ लाख कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ?



काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३ लाख ९ हजार ९९१ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।

कम्पनीले देवी श्रेष्ठको नाममा रहेको ४६ हजार ४९५ कित्ता र रामकृष्ण मानन्धरको २ लाख ६३ हजार ४९६ कित्ता संस्थापक सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । रामकृष्ण मानन्धरको नाममा रहेको शेयरको मूल्य प्रतिकित्ता १२५ र दवी श्रेष्ठको नाममा रहेको शेयरको मूल्य १२८ तोकिएको छ ।

उक्त सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी केन्द्रीय कार्यालय गह्रिधारा, काठमाडौंमा पेश गुर्नुपर्ने छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त शेयर विक्री गरिने पनि कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्