कुमारी बैंकको संस्थापक सेयर किन्ने मौका

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थपक सेयरधनी कृष्ण लामाको नाममा रहेको ६ हजार ३२४ कित्ता संस्थपक सेयर बिक्री गर्ने भएको हो ।
सो सेयरको बिक्री मूल्य भने निर्धारण गरिएको छैन । यद्यपि, बिक्रेताले तोके बमोजिम हुने बताइएको छ ।सो संस्थापक सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।
आवेदन आजैका मितिले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आईपुग्ने गरि आवेदन दिन सक्नेछन् । तोकिएको सो समयमा विद्यमान संस्थापकहरुबाट आवेदन नपरेको खण्डमा अन्य बिक्री प्रक्रिया अघि बढाईने बैंकले जनाएको छ ।