को हुन् प्रभु बैंकका २५ लाख कित्ता बढी सेयर बिक्री गर्न लागेका चार संस्थापकहरु ?

काठमाडौं । प्रभु बैंकले २५ लाख कित्ता बढी संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकले संस्थापक सेयरधनी तारा प्रसाद भट्टराईको नाममा रहेको ५ लाख ७० हजार १८३ कित्ता, इन्सान भट्टराईको नाममा रहेको २ लाख २८ हजार ३ कित्ता, रञ्जना उदास ५० हजार कित्ता र गणपति बनस्पति प्रालिको नाममा रहेको १६ लाख ५९ हजार २४३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
सो संस्थापक सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालयमा पेश गर्नुपर्नेछ ।
तोकिएको सो अवधिमा विद्यमान संस्थापकहरुले सेयर खरिदका लागि आवेदन नदिएको खण्डमा भने अन्य बिक्री प्रक्रिया अघि बढाईने बैंकले जनाएको छ ।