कमलादीमा नेपाल एसबीआई बैंकको कर्पोरेट कार्यालय, भव्य समारोहका बीच उद्घाटन

काठमाडौं । नेपाल एसबिआई बैंकको कर्पोरेट कार्यालय उद्घाटन गरेको छ । बैंकले कमलादीस्थित बैंकको कर्पोरेट अफिस उद्घाटन गरेको हो ।
सो कार्यालयको उद्घाटन भारतीय स्टेट बैंकका अध्यक्ष दिनेश खारा र नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले सयुक्त रुपमा गरेका हुन् ।
उदघाटन समारोहमा भारतीय स्टेट बैंकका प्रमुख कार्यकारी अधिकृत (इन्टरनेशनल बैड्डीङ ग्लोबल मार्केट्स एण्ड टेक्नोलोजी) चल्ला श्रीनिवासुन शेट्टी, नेपाल एसबिआई बैंकका अध्यक्ष जयती बन्सल, नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, नेपाल एसबिआई बैंकका सञ्चालक अप्सरा उप्रेति, नेपाल एसबिआई बैंकका स्वतन्त्र सञ्चालक गोपाल प्रसाद भट्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, एसबिआई बैंकका उपमहाप्रबन्धक प्रियरंजन, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, नया व्यवसाय प्रवद्र्धन सल्लाहकार छविराज पन्त साथै बैंकका अन्य कर्मचारी तथा ग्राहकहरुको उपस्थिति थियो ।
सोही अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौस्थित पशुपति क्षेत्र विकास कोषलाई हाई प्रेशर क्लिनर, बेट एण्ड ड्राई भ्याक्युम क्लिनर र दश डस्टबीन प्रदान गरेको छ । उक्त कार्यक्रममा भारतीय स्टेट बैंकका अध्यक्ष दिनेश खाराले उक्त सरसफाई सामाग्रीहरु प्रदान गरेका थिए ।
यस बैंकले ९३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १३० एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।