साढे १२ हजार कित्ता बढी संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक « Arthapath.com
१७ असार २०८२, मंगलबार

साढे १२ हजार कित्ता बढी संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक



काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी गौरामान कडरियाको नाममा रहेको १२ हजार ७१९ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

सो संस्थापक सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् । सो सेयरको बिक्री मूल्य भने बिक्रेताले तोके बमोजिम हुनेछ ।

आवेदन आजैका मितिले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल र बैंकको प्रधान कार्यालयमा आईपुग्ने गरि दिनुपर्नेछ ।

तोकिएको समयमा सेयर खरिदका लागि बैंकका विद्यमान सेयरधनीहरुले आवेदन नदिएको खण्डमा भने अन्य बिक्री प्रक्रिया अघि बढाईने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्