सिटिजन्स बैंकको नेपालगञ्जमा बालिका शिक्षा तथा बाल विवाह न्यूनिकरण मुद्धति खाता योजना

काठमाडौं । सिटिजन बैंकले बालिका शिक्षा तथा बाल विवाह न्यूनिकरण मुद्दति खाता योजना संचालनमा ल्याएको छ ।
बैंकले ग्रामीण नेपालका बालिकाहरुको प्राथमिक शिक्षालाई प्रोत्साहन र बालविवाहलाई न्यूनिकरण गर्ने मुख्य उद्देश्यसहित बैंकको नेपालगञ्ज शाखा र नेपालगञ्ज उप–महानगरपालिका बाँके बिच सम्झौता भएको छ ।
सोही सम्झौता अनुसार “बालिका शिक्षा तथा बालविवाह न्यूनिकरण मुद्धति खाता योजना” नामक कार्यक्रमका लागि सम्झौता भएको हो । सो योजनाको मुख्य उदेश्य बालिकाहरुलाई बाल विवाह हुनबाट बचाउने र शिक्षामा निरन्तरता कायम राख्ने रहेकोले बालिका शिक्षा तथा बाल विवाह न्यूनिकरण मुद्धतिखाता योजना कार्यान्वयनका लागि नेपालगञ्ज उप–महानगरपालिका विविध कोष अन्र्तरगत बालिकाहरुको नाममा मुद्धति खाता खोली कार्यविधि बमोजिमको रकम खातामा जम्मा गर्ने रहेको छ ।
बालिकाहरुको लागि बैंक खाता खोल्ने र उपलब्ध सबै भन्दा अनुकूल ब्याज दरमा २५ हजारको मुद्दती निक्षेप राख्ने सहमति भएको छ । सो कार्यक्रमले बालविवाह घटाउन र यस क्षेत्रका युवा छात्राहरूको प्राथमिक, माध्यमिक र उच्च माध्यमिक शिक्षा पूरा गर्न महत्तवपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
कोषको उचित सदुपयोग सुनिश्चित गर्न, खातावालाहरूले नेपालगन्ज उपमहानगरपालिका, बाँकेबाट सिफारिस पत्र प्राप्त गरेपछि मात्र रकम झिक्न सक्नेछन । आफ्नो शिक्षा सफलतापूर्वक पूरा गर्ने र २० वर्षको उमेर अघि विवाह नगर्ने बालिकाहरुलाई मात्र सो पत्र जारी गरिनेछ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८४ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४१ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।