चार रेमिट्यान्स कम्पनीको लाइसेन्स चैट, राष्ट्र बैङ्कले गर्यो खारेज

काठमाडौं । चार वटा रेमिट्यान्स कम्पनीको इजाजत (लाइसेन्स) खारेज हुने भएको छ । नेपाल राष्ट्र बैङ्कले चार वटा विप्रेषण कारोबार गर्न इजाजत पाएका रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज गर्न लागेको हो ।
एक सूचना जारी गर्दै राष्ट्र बैङ्कले टाइम्स रेमिट, इसारा रेमिट, ओभरसिज रेमिट, पे सेफ रेमिट लगायतका रेमिट्यान्स कम्पनीहरूको इजाजत पत्र राष्ट्र बैङ्कले स्वतः खारेज गर्ने जनाएको छ ।
कारोबारको सिलसिलामा कुनै कम्पनीको कुनै व्यक्ति वा सङ्घसंस्था लेनदेन रकम बाँकी भए सूचना प्रकाशित भएको ३५ दिनभित्र लिखित जानकारी दिन पनि बैङ्कले सुझाएको छ ।
लाइसेन्स स्वतः खारेज हुने रेमिट्यान्स कम्पनीहरुसंग कुनै व्यक्ति वा सङ्घसंस्थाले लेनदेन रकम तोकिएको अवधिभित्र दाबी गरेमा मान्य अवधिको बैङ्क जमानतले माखेसम्मको रकम मात्र केन्द्रीय बैङ्कले हिसाबलिमान गरिने सूचनामा उल्लेख छ ।