एनएमबि बैंकको साधारण सभा पुष २६ गते, के–के छन् एजेण्डा ?

काठमाडौँ । एनएमबि बैंकले वार्षिक साधारण सभा पुष २६ गतेका लागि बोलाएको छ । कम्पनीको मंसिर २७ गते बसेको संचालक समितिको बैठकले २८औं सभा बोलाएको हो । सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौँमा बिहान १० बजे बस्नेछ ।
कम्पनीले यस वर्ष कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । कम्पनीका सेयरधनीहरुको हात यस वर्ष रित्तो हुने भएको हो ।
सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीहरुको तर्फबाट २ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले सभा प्रयोजनका लागि पुष ६ गते बुक क्लोजको मिति तय गरेको छ ।