कुमारी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच आइटि कम्पनीहरूलाई प्रदान गर्ने कर्जा सुरक्षण गर्न सम्झौता

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आइटि क्षेत्रका लागि केबिएल स्मार्ट बिजनेश लोन फर आइटि कम्पनी अन्तर्गत उपलब्ध गराउँदै आएको ऋण सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
यस सम्झौता अनुसार, निक्षेप तथा कर्जा सुरक्षण कोषले कुमारी बैंक मार्फत आइटि क्षेत्रका कम्पनीहरूका लागि तयार पारिएको केबिएल स्मार्ट बिजनेश लोन फर आइटि कम्पनी को पोर्टफोलियो सुरक्षण गर्नेछ । यो सम्झौताबाट आइटि कम्पनीहरूमा वित्तीय पहुँच प्रवद्र्धन गर्न कोसेढुङ्गा हुने विश्वास दुवै पक्षको रहेको छ ।
बैंकले सूचना प्रविधि क्षेत्रको विशेष आवश्यकताहरुलाई बुझ्दै उक्त क्षेत्रलाई आवश्यक बैंकिङ्ग सेवा प्रदान गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।