नेपाल बैंकले पुष २९ गते बोलायो साधारण सभा, के–के छन् एजेण्डा ?

काठमाडौा । नेपाल बैंक लिमिटेडले वार्षिक साधारण सभा पुष २९ गतेका लागि बोलाएको छ । सभा बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीका सेयरधनीहरुको हात भने यस वर्ष रित्तो हुने भएको छ । कम्पनीले यो वर्ष लाभांश प्रस्ताव गरको छैन । सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ । साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ ।
सभा प्रयोजनका लागिक कम्पनीले पुष २० गते बुक क्लोज गर्ने भएको हुँदा पुष १९ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।