हेर्नुहोस् विन ग्लोबल आइएमई बैंकको १७औँ वार्षिक साधारण सभाको ‘माइन्युट’

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले ९ प्रतिशत लाभांश पारित गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७९।०८० को कूल मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । सोही प्रस्ताव सभाबाट पारित भएको हो ।
बैंकले आर्थिक वर्ष २०७९।८० मा सञ्चालन मुनाफा १२ अर्ब ६९ करोड रुपैयाँ र कर पछिको मुनाफा ६ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रुपैयाँ ८७ लाख पुग्नेछ ।