को हुन् एकैपटक सेयर बिक्री गरेर कुमारी बैंकबाट बाहिरिन लागेका ९ संस्थापक सेयरधनीहरु ?

काठमाडौं । कुमारी बैंकले ८ लाख ११ हजार बढी कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकका ९ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको सो बराबरको सेयर बिक्री गर्न लागेको हो ।
बैंकका संस्थापक सेयरधनी पर्शुराम कुँवरको नाममा रहेको १ लाख ५ हजार १५५ कित्ता, रत्न लुइटेलको ३८ हजार १३४ कित्ता, मुकुन्द प्रसाद दाहालको १ लाख ३२ हजार ७७६ कित्ता, रेवन्त कुमार दाहालको १ लाख ४१ हजार ८६१ कित्ता, सूर्य मानन्ध्रको ८० हजार ८२ कित्ता संस्थाप सेयर बिक्रीमा ल्याएको हो ।
यस्तै, अर्का संस्थापक सेयरधनी रमेश लामिछानेको नाममा रहेको १ लख २३ हजार ४४ कित्ता, देव कुमराी हुमागाँईको ४७ हजार २११ कित्ता, हरिकृष्ण दहालको २१ हजार ४४२ कित्ता र मोहन प्रसाद पाण्डेको नाममा रहेको १ लखख २२ हजार ३० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले (फागुन १५ गते) ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल काठमाडौं टंगालमा आइपुग्ने गरि दिनुपर्नेछ ।
उक्त सेयरको बिक्री मूल्य भने बिक्रेताले तोके बमोजिम नै हुनेछ । तोकिएको उक्त म्यादभित्र विद्यमान संस्थापकहरुले आवेदन नदिएमा भने अन्य बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।