मुद्दति निक्षेपमा डेढ अर्ब रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आव्हान « Arthapath.com
८ असार २०८२, आईतबार

मुद्दति निक्षेपमा डेढ अर्ब रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आव्हान



काठमाडौं । नेपाल राष्ट्र बैंकले झन्डै डेढ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ४३ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंकले क वर्गको वाणिज्य बैंकमा १ अर्ब १४ करोड ४० लाख, राष्ट्रिय स्तरका विकास बैंकमा २१ करोड ४५ लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीमा ७ करोड १५ लाख रुपैयाँ लगानी गर्ने भएको हो ।

उक्त रकम आगामी असार ३ गतेदेखि २०८२ असार ३ गतेसम्म ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा रहने छ । सो रकम मुद्दति निक्षेपका रुपमा राख्न चाहाने बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर प्रस्ताव गर्न सक्नेछन् । ब्याजदर प्रस्ताव जेठ २७ गतेदेखि ७ बजेभित्र पेश गर्नुपर्नेछ । ब्याजदर बैंकको इमेलमार्फत प्रस्ताव पेश गर्न सकिनेछ ।

PG-2081.03.03


प्रतिक्रिया दिनुहोस्