सिद्धार्थ बैंकको ८१ हजार कित्ता सेयर बिक्रीमा « Arthapath.com
७ असार २०८२, शनिबार

सिद्धार्थ बैंकको ८१ हजार कित्ता सेयर बिक्रीमा



काठमाडौं । सिद्धार्थ बैंकले ८१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न सेयरधनी राजेश्वर श्रेष्ठको नाममा रहेको ४० हजार कित्ता र पान बहादुर गुरुङ्गको ४१ हजार ५७० कित्ता गरी कुल ८१ हजार ५७० कित्ता सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिद गर्न इच्छुक बैंकका संस्थापक सेयरधनीले गतेदेखि ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्