एनएमबी बैंकले ३ अर्बको अग्राधिकार सेयर जारी गर्ने « Arthapath.com
७ असार २०८२, शनिबार

एनएमबी बैंकले ३ अर्बको अग्राधिकार सेयर जारी गर्ने



काठमाडौं । एनएमबी बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले १ सय रूपैयाँका दरले ३ करोड इकाई (३ अर्ब रूपैयाँ बराबरको) अग्राधिकार सेयर जारी गर्न लागेको हो ।

जसमा ८.२५ प्रतिशत लाभांश प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंकको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको बैंकले जनाएको छ । उक्त बैठकल नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायहरुबाट स्वीकृति प्राप्त भए पश्चात अग्राधिकार सेयर जारी गर्ने बैंकले जनाएको छ ।

यसअघि नबिल बैंकले पनि अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने घोषणा गरेको थियो । नबिलले प्रतिकित्ता १ सय रूपैयाँ अंकित मूल्यमा ५ अर्ब बराबरको ५ करोड कित्ता अग्राधिकार सेयर बिक्री गर्ने प्रस्ताव नबिल बैंक सञ्चालक समिति बैठकले गत चैतमै गरेको थियो । नबिलले उक्त प्रस्ताव पेश गर्दा भदौ १७ गते विशेष साधारणसभा बोलाएको छ । नबिलले मुनाफा भएको वर्षमा मात्र ८ प्रतिशत लाभांश बाढ्ने गरी अग्राधिकार सेयर बिक्री गर्ने गरी प्रस्ताव गरेको थियो ।

एनआईशी एशिया बैंकले पनि ५ अर्ब बराबरको अग्राधिकार सेयर जारी गर्ने निर्णय गरिसकेको छ । यसले ८.५ प्रतिशत लाभांश दिने गरी उक्त सेयर जारी गर्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस्