लाभांश पारित गर्न एभरेष्ट बैंकले डाक्यो साधारण सभा, कहिले गर्दैछ बुक क्लोज ?

काठमाडौं । एभरेष्ट बैंकले साधारण सभाका लागि मिति तय गरेको छ । बैंकले आगामी असोज २० गते वार्षिक साधारण सभा डाकेको छ ।
सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुने बैंकले जनाएको छ। सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १५.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले यो वर्ष १० बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश दिने भएको हो । उक्त प्रस्ताव सभाबाट पारित हुनेछ ।
सभामा बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायत विवरणमा छलफल गरी पारित हुनेछ ।
यसका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने एजेन्डा पनि रहेको छ।
यस्तै, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन पनि हुनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले बुक क्लोज मिति पनि तय गरेको छ । बैंकले असोज ८ गते बुक क्लोज गर्ने भएको हो ।
त्यसका आधारमा असोज ७ गतेसम्म कायम रहने सेयरधनीले मात्रा सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।