एभरेष्ट बैंकको नाफा ४४.४७ प्रतिशत वृद्धि : कमायो १ अर्ब १२ करोड, खराब कर्जा ०.७७ प्रतिशत मात्रै « Arthapath.com
६ असार २०८२, शुक्रबार

एभरेष्ट बैंकको नाफा ४४.४७ प्रतिशत वृद्धि : कमायो १ अर्ब १२ करोड, खराब कर्जा ०.७७ प्रतिशत मात्रै



काठमाडौं । एभरेष्ट बैंकको नाफा साढे ४४ प्रतिशत वृद्धि भएको छ । बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको गत आवको पहिलो त्रैमाससमा बैंकले १ अर्ब १२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४४.४४ प्रतिशत बढी हो । गत आवको असोज मसान्तसम्ममा बैंकले ७८ करोड ७ लाख रुपैयाँ नाफा कमाएको कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा बढेकाले नै खुद नाफा उल्लेख बढेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि १३.०८६ प्रतिशत वृद्धि भई २ अर्ब ३ करोड ९० लाख कायम भएको छ । जबकि गत आवको पहिलो त्रैमासमा बैंकको यस्तो आम्दानी १ अर्ब ८९ करोड १५ लाख रुपैयाँ रहेको थियो ।

यता, बैंकको संचालन नाफा पनि ४४.४७ प्रतिशतले बढेर १ अर्ब ६१ करोड १६ लाख रुपियाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी भने ३१.५३ प्रतिशत बढेर २ अर्ब ५६ करोड ७३ लाख रुपैयाँ कायम भएको छ । बैंकको खराब कर्जा भने एक प्रतिशत भन्दा कम छ हाल खराब कर्जा ०.७७ प्रतिशत मात्रै छ ।

हाल बैकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख रहेको छ ।


प्रतिक्रिया दिनुहोस्