कुन बैंकको प्रतिसेयर आम्दानी कति ? « Arthapath.com
१२ जेष्ठ २०८२, सोमबार

कुन बैंकको प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी (इपिएस) औसतमा झन्डै ३ रुपैयाँ वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म आइपुग्दा बैंकहरुको औसत इपिएस १७.६० रुपैयाँ कायम भएको छ । यो गत आवको सोही अवधिको तुलनामा २.९४ रुपैयाँ बढी हो । गत आवको पहिलो त्रैमासमा २० वटा बैंकको औसत इपिएस १४.६६ रुपैयाँ रहेको थियो ।

चालु आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३६.५७ रुपैयाँ रहेको छ । बैंकको इपिएस गत आवको तुलनामा १.४६ रुपैयाँ वृद्धि भएको हो ।

यस्तै, एभरेष्ट बैंकको पनि ३४.८५ रुपैयाँ रहेको छ । बैंकको इपिएस गत आवको तुलनामा ५.५१ रुपैयाँ वृद्धि भएको हो । यता, नेपाल एसबिआईको पनि ३१.०३ रुपैयाँ रहेको छ । इपिएस वृद्धिमा भने नेपाल एसबिआई बैंक पहिलो सूचीमा छ । गत आवको तुलनामा बैंकको यस्तो आम्दानी १२.७८ रुपैयाँ वृद्धि भएको हो ।

यस्तै, समिक्षा अवधिमा नबिल बैंकको यस्तो आम्दानी २९.८३ रुपैयाँ, प्राइमको २६.५३ रुपैयाँ, एनएमबि २४.९५ रुपैयाँ छ । यी बाहेकका बैंकको इपिएस २० रुपैयाँ भन्दा तल छ ।

यता, सानिमा बैंकको इपिएस १७.७६ रुपैयाँ, प्रभू १७.६८, माछापुच्छ्रेको १७.३२, नेपाल इन्भेष्टमेन्ट मेगाको १७.१६, ग्लोबल आइएमई १६.७४, कुमारी १६.४४, नेपाल बैंक १६.३९, हिमालयनको १३.४२, सिद्धार्थको १०.६४ रुपैयाँ छ ।

यी बाहेकका पाँच वटा बैंकको इपिएस भने १० रुपैयाँ भन्दा तल छ । वित्तीय विवरणअनुसार असोज मसान्तसम्म आइपुग्दा लक्ष्मी सनराइजको ९.२५ रुपैयाँ, सिटिजन्सको ५.५८, राष्ट्रिय वाणिज्य ३.८७ , कृषि विकासको ३.२५ र एनआइसी एशिया २.९१ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्